विशेष

द सेन्चुरियन होटेल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता
३१ जेठ । मोरङको विराटनगरमा रहेको द सेन्चुरियन होटेल र नेक्सजेन म्यानेजमेन्ट बीच पुँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल सञ्चालन सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बुधबार सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वरस्थित कार्यालयमा भएको हो । सम्झौतापत्रमा सेन्चुरियन होटेलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन । विराटनगर–धरान रोडस्थित सहरको केन्द्रविन्दुमा द सेन्चुरियन होटेलको १० तल्ले भवन निर्माण सम्पन्न भइसकेको छ ।..

प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको निधन
३१ जेठ । प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् झापाका पुराना पत्रकार नेत्र प्रसाद पाठकको निधन भएको छ। ७२ वर्षीय पाठकको आज बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन भएको हो । पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै नेपाल शिक्षक संगठनको नेतृत्व गरेका थिए । पाठक भद्रपुरबाट प्रकाशित स्वाधिन संम्वाद साप्ताहिकको सम्पादकीय नेतृत्व समेत क्रियाशिल थिए । बिर्तामोड–४ मेथीबारी टोल निवासी पाठकका पत्नी सीता पाठक, छोरा..

सांसद केसी र मण्डलको अभिव्यक्तिप्रति शिक्षामन्त्री सुमना श्रेष्ठको आपत्ति
३१ जेठ । शिक्षामन्त्री सुमना श्रेष्ठले सांसदद्वय राजन केसी र योगेन्द्र मण्डलले बुधवारको प्रतिनिधिसभा बैठकमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्। कांग्रेस सांसद केसीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले धेरै बजेट आफ्नै गृहजिल्ला सुनसरीमा लगेको आरोप लगाएका थिए । ‘महिला (मन्त्रालय) को सम्बन्धमा अन्याय भएको छ । सत्तापक्षको माननीयले पनि केही भन्नुहोला । म त बजेटमा सुनसरी मात्रै देख्छु । उहाँले १ अर्ब ६० करोडको बजेट पाउनुभएको रहेछ,’..

टी-२० बिश्वकप- वेस्ट इन्डिज सुपर ८ मा प्रवेश
३१ जेठ । वेस्ट इन्डिज आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर एटमा पुगेको छ। बिहीबार सम्पन्न खेलमा न्युजिल्यान्डलाई १३ रनले पराजित गर्दै वेस्ट इन्डिज सुपर एटमा पुगेको हो। योसँगै न्युजिल्यान्ड सुपर एटको दौडबाट लगभग बाहिरिएको छ। न्युजिल्यान्डले १४ जुनमा युगान्डा र १७ जुनमा पपुवा न्युगिनीको सामना गर्नेछ। यी दुई खेलमा जिते पनि न्युजिल्यान्डका लागि पर्याप्त हुनेछैन। वेस्ट इन्डिजको तीन खेलबाट तीन जितसहित ६ अंक छ। अफगानिस्तानले अहिलेसम्म दुईमध्ये दुई खेलमा जित हासिल गर्दै चार..

भूमिमन्त्री अधिकारीलाई हिम्मतिलो हुन ज्ञानेन्द्रको सुझाव
३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हिम्मतिलो हुन सुझाएका छन्। भूमिको वर्गीकरण गर्न र वर्गीकरण अनुसार मात्रै उपयोग गर्न पाउने गरी कठोर निर्णय लिनुपर्ने उनको आग्रह छ । अन्यथा मुलुक बन्न नसक्ने सांसद शाही बताउँछन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले खानीयोग्य, औद्योगिक, कृषियोग्य र बसोबासको..

एफसी यु-१७ एसियन कप २०२५ छनोट- साविक विजेता जापान र नेपाल एकै समूहमा
३१ जेठ । नेपाल एफसी यु-१७ एसियन कप २०२५ छनोटमा साविक विजेता जापान रहेको समूहमा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्रअनुसार नेपाल समूह एफमा परेको हो। यो समूहमा नेपाल र जापानसँगै कतार र मंगोलिया रहेको छ। यस समूहका खेल कतारले आयोजना गर्ने एएफसीले जनाएको छ। यस समूहका खेलहरू आगामी अक्टोबरदेखि सुरु हुनेछ।

कुवेत आगलागीमा मारिने ४९ मध्ये ४० भन्दा बढी भारतीय
३१ जेठ । कुवेतमा एक बहुतले भवनमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । त्यसमध्ये मृत्यु हुने ४० भन्दा बढी भारतीय नागरिक रहेका छन् । भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मृत्यु हुने अधिकांश भारतीय नागरिक भएको बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । कुवेतको माग्फास्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाएका छन् । आगलागी भएको भवनबाट हाम्फालेर..

बाह्रदशीमा अटोको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु
३१ जेठ । झापाको बाह्रदशीस्थित भित्री सडक खण्डमा अटोको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जेठ २५ गते दिउँसो अन्दाजी ४ः४५ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नम्बर ६ पाख्रिवास धमलागाउँस्थित भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट फूलबारीतर्फ जाँदै गरेको मे १ ह ६२०२ नम्बरको अटोले धनकुटा घर भई हाल बाह्रदशी गाउँपालिका वडा नम्बर ६ बस्ने मामा टेकबहादुर भट्टराईको घरमा बस्दै आएका राजन कार्कीका छोरा ९ वर्षीय प्रज्वल कार्कीलाई ठक्कर..

टी-२० बिश्वकप- भारत सुपर ८ मा प्रवेश
३१ जेठ । भारत आईसीसी पुरुष टी- ट्वान्टी बिश्वकपको शीर्ष आठमा स्थान बनाउन सफल भएको छ । तेस्रो खेलमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर आठमा पुग्न सफल भएको हो ।भारतको यो लगातार तेस्रो जित हो । भारतकाे जितले पाकिस्तानलाई समेत राहत मिलेको छ, उसको सुपर ८ को सम्भावना बढेको छ । अमेरिकाले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य भारतले १० बल बाँकी छदाँ मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।..

मोदी र क्यानडाका प्रधानमन्त्री जस्टीन आमुनेसामुन्ने हुँदै
३१ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोबीच जी–७ सम्मेलनमा आमुनेसामुन्ने हुने भएको छ। दुई देशबीच केही महिनाअघिदेखि सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । जी–७ बैठक जुन १३ देखि १५ सम्म इटालीमा हुँदै छ । भारत जी–७ को सदस्य नभए पनि पाँचौँपटक आमन्त्रित सदस्यको रूपमा बैठकमा सहभागी हुँदै छ । क्यानडा र भारतका प्रधानमन्त्रीबीच भेटघाट हुने सम्भावनाका बारेमा भारतीय अधिकारीहरूले क्यानडाले भारतको विरुद्धमा उग्रपन्थीको वकालत गर्ने राजनीतिक..