बारा क्याम्पस प्रमुख हत्या प्रकरण- दुई शंकास्पद व्यक्ति पक्राउ

१ असार। बाराको राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या गरिएको प्रकरणमा प्रहरीले दुई जना शंकास्पदलाई पक्राउ गरेको छ । पक्राउ पर्नेको संलग्नता यकिन गर्ने काम भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख सुरेश काफ्लेले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । शुक्रबार साँझ ५ बजेतिर कुशवाहामाथि मोटरसाइकलमा आएको तीन जनाको समूहले गोली प्रहार गरेको थियो । गम्भीर घाइते..

मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता

१ असार। नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा यस सम्बन्धी भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले विपद् सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएस..

आगामी फागुन ७ देखि ९ गतेसम्म राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन

१ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आह्वान गरेको पार्टीका नेता सुरेश आचार्यले जानकारी दिए । समान बिचारधारा भएका शक्तिहरूका बीचमा बृहत राष्ट्रिय मोर्चा बनाउने निर्णय गरेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ । महङ्गी भ्रष्टाचारबिरुद्ध..

नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर गुमायो

१ असार । आईसीसी टी–२० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिदा नेपालले २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ। अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर–८ मा पुग्ने टोलीलाई २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर थियो। समूह डी मा रहेको नेपाल शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सुपर–८ को सम्भावना समाप्त भएको हो । भारत र श्रीलंका आयोजक हुँदा सोझै विश्वकपमा पुगेका छन् । सुपर–८ मा..

सुनकोशी नदीमा एक जना पुरुष बेपत्ता

१ असार । सुनकोशी नदीमा एक जना पुरुष बेपत्ता भएका छन् । सिन्धुलीको गोलोन्जर गाउँपालिका–७ सुर्काेट बजारबाट रामेछाप जोड्ने सुनकोशीको पुलबाट हाम फालेर ती व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खुर्काेटका अनुसार काठमाडौंको बौद्धका ५६ वर्षीय विष्णुप्रसाद संग्रौलाले शुक्रबार राति १० बजे पुलबाट हाम फालेका हुन् । प्रहरीले उनका आफन्तलाई खबर गरेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

युरोकप २०२४- आयोजक जर्मनीको सानदार सुरुआत

१ अुसार । आयोजक जर्मनीले युरोकप–२०२४ मा सानदार सुरुआत गरेको छ। शुक्रबार राति भएको उद्घाटन खेलमा समूह ए मा रहेको जर्मनीले स्कटल्याण्डलाई ५–१ ले पराजित गरेको हो। म्युनिखस्थित एलिएन्ज उरेनामा भएको खेलमा जर्मनीका लागि पाँच फरक खेलाडीले गोल गरे। खेलको दशौं मिनेटमै फ्लोरियन विट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। जमाल मुसिएलाले १९औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे। पहिलो हाफको ४४औं मिनेटमा राएन पोर्टेओसले रातो कार्ड पाएपछि स्कटल्याण्ड दश..

शिवसताक्षीमा एकै परिवारका तीन जना मृत फेला

१ असार। झापाको शिवसताक्षी नगरपालिका–३, भोटेपुल टोलमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दका अनुसार, सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, छोराहरु ८ वर्षीय विशाल बेस्रा र २ वर्षीय आयुश बेस्रा मृत अवस्थामा फेला परेका हुन् । स्थानीयका अनुसार, शुक्रबार छिमेकी घरका एक जना बच्चा खेल्न जाँदा बत्ती बलिरहेको र कोही झुण्डिएको जस्तो देखेपछि अरुलाई खबर गरेका थिए । त्यसक्रममा..

पश्चिम सुर्खेतमा खानेपानीको हाहाकार भएपछि आन्दोलनमा उत्रिए महिला

३१ जेठ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चाका महिलाले खानेपानीको हाहाकार भएपछि आन्दोलनमा उत्रिएका छन् । बिहीबार रेक्चाका नागरिकले खाली गाग्री बोकेर नारा जुलुस सहित नगरपालिका घेराउ गरेका हुन् । रेक्चामा विगत लामो समय देखी खानेपानीको समस्या भोग्दै आएको आन्दोलनमा उत्रिएका एक जनाले बताएका छन् । खानेपानीको चरम संकट चुलिएपछि स्थानीयबासीहरू रेक्चा खानेपानी संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिन बाध्य भएका छन् । रेक्चावासीले खाने पानीको कुवा खडेरीले सुकेपछि त्यहाँका..

लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख भट्टराईको सजाय निर्धारण

३१ जेठ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईको सजाय निर्धारण भएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अकुत सम्पत्ति आर्जनको मुद्दामा ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय निर्धारण गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध गत चैत २५ गते दायर गरेको मुद्दामा विशेष अदालतले दुई महिनामै..

काठमाडौंमा गर्मी बढ्यो

३१ जेठ । काठमाडौंमा बदली र वर्षा कम हुँदा गर्मी बढेको छ । काठमाडौंमा धेरै समय मौसम बदली नहुनु र धेरै ठाउँमा लामो अवधिसम्म वर्षा नहुँदा गर्मी बढेको हो । जलवाष्पयुक्त वायु काठमाडौंको वायुमण्डलमा कम हुँदा ठूलो र लामो अवधिसम्म वर्षा हुन सकेको छैन । जसका कारण गर्मी बढेको हो । काठमाडौंमा बुधबारको अधिकतम तापक्रम ३४.३ डिग्री सेल्सियस मापन भएको थियो । बिहीबार (आज) पनि यसकै सेरोफेरोमा तापक्रम रहने जल..