युवा स्टार फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी, तीन जना पक्राउ

१३ फागुन, ललितपुर । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका मनिष डाँगीको घरमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका घर भएका अनुप तामाङ र रविन तामाङ तथा ललितपुरको गोदावारी नगरपालिका घर भएका राजन श्रेष्ठ रहेका छन् । डाँगीको ललितपुरको इमाडोलस्थित घरमा गत फागुन ६ गते चोरी भएको थियो । घरबाट ४५ लाख रुपैयाँ बराबरको धनमान चोरी भएको काठमाडौँ उपत्यका अपराध..

प्रतिनिधि सभा बैठकमा माधव र ज्ञानेन्द्रबीच जुहारी, ज्ञानेन्द्रद्वारा कवितामार्फत जवाफ

१३ फागुन, काठमाण्डौँ । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) बीच वादविवाद भएको छ । आइतबार माओवादी सांसद सापकोटाले संसदमा व्यवस्था विरोधी बहस हुन नसक्ने बताएपछि राप्रपाका सांसद शाहीले फरक विचारको सम्मान गर्न आग्रह गर्दै प्रतिवाद गरेका हुन् । सांसद सापकोटाले संविधानको प्रस्तवनामै सार्वभौमसत्ता सम्पन्न नेपाली जनता लेखिएको स्मरण गर्दै सामन्ती, निरंकुश र एकात्मक राज्य व्यवस्थाले..

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन ‘रास्वपा’ सचेतक सन्तोष परियारको माग

१३ फागुन, भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भक्तपुरस्थित ख्वप कलेजलाई विश्वविद्यालय बनाउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले ख्वपलाई विश्वविद्यालय बनाउने गरी विधेयक ल्याउन सरकारसँग माग गरेका हुन् । भत्तपुर नगरपालिकाद्वारा सञ्चालित उक्त कलेजले देशभरका विद्यार्थीहरुलाई न्यून शुल्कमा अध्ययन गराइरहेको र विद्यार्थीको चापसमेत अत्यधिक रहेकाले त्यसलाई विश्वविद्यालयका रुपमा विकास गर्नुपर्ने सांसद परियारको भनाई छ । उनले भने, ‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै..

इलाम र बझाङमा उप–निर्वाचन आगामी वैशाख १५ गते गर्ने निर्णय

१३ फागुन, काठमाण्डौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उप–निर्वाचन आगामी २०८१ वैशाख १५ गते गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा उप–निर्वाचन आगामी वैशाख १५ गते गर्ने निर्णय गरेको हो । इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधिसभा..

पिकनिक खाएर फर्किदै गरेको बस दुर्घटना, ७ जना घाइते

१३ फागुन, झापा । झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको स्वास्थ्यकर्मी सवार बस शिवसताक्षी नगरपालिका १० माइधारमा दुर्घटना भएको छ । दुर्घटनामा परी ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेहरूको उलार्बारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ । कमल, दमक र उर्लावारीअन्तर्गत रहेका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू पिकनिक खाएर फर्किँदै गरेको को १ ख ६३०५ नम्बरको बस शिवसताक्षी १० किरात चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आफै अनियन्त्रित भई दुर्घटना..

ताप्लेजुङ वन कार्यालयमा गोलिया सड्दै, सूचना प्रकाशन गरेपनि किन्ने आएनन्

१३ फागुन, ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङको कार्यालय परिसरमा एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुई पटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाका कारण सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो । कार्यालयका डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहका अनुसार लिलाम बिक्रीका लागि दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि गोलिया बिक्री नभएको हो । लिलाम बिक्रीको..

गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ पछि बेसार प्रवद्र्धधनमा रोङ गाउँपालिका

१३ फागुन, इलाम । गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवद्र्धधन सुरु गरेको छ । बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो । पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ । स्थानीय एक सहकारीमार्फत बेसारको बीउ वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना..

इलामको फाकफोकथुममा ज्ञानदिलदास सम्मेलन सम्पन्न

१३ फागुन, इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा ज्ञानदिलदास सम्मेलन सम्पन्न भएको छ । सन्तकवि ज्ञानदिलदासको जन्मभूमि फाकफोकथुम आमचोकलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न फाकफोकथुम गाउँपालिकामा साहित्य सम्मेलन सुरु भएको थियो । सन्तकवि दासको जन्मभूमिलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकासहित त्यस क्षेत्रका स्थानीय बासिन्दा लागिपरेका छन् । ज्ञानदिलदासको जन्मभूमि आमचोकको पहिचानसहित उनले नेपाली साहित्य, समाज सुधार र धार्मिक क्षेत्रमा गरेको योगदानको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबार देखि..

इलामका जिसस प्रमुख र माङ्सेबुङ अध्यक्ष सम्मानित

१३ फागुन, इलाम । जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई सम्मानित भएका छन् । शनिबार इलामको माङसेबुङ गाउँपालिका–२ डोलटार खेलमैदानमा सुरु भएको १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको अवसरमा जिसस प्रमुख राई र पालिका अध्यक्ष राई सम्मानित भएका हुन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न सबै पालिकासँग समन्वय गरेर सहयोग गरेको भन्दै जिसस प्रमुख राईलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान..

कृषि मन्त्री निन्द्रामा छन् उनलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबारमा हुल्नुपर्छ

१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारका कृषि मन्त्री निन्द्रामा रहेको भन्दै उनलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबारमा हुल्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले कृषि मन्त्रीले किसानका लागि कुनै काम गर्न नसकेको बताए । उनले भने– ‘प्रणय बन्धनका प्रेमिलभन्दा पनि बढी यो गठबन्धन सरकारका कृषि मन्त्री बेदुराम भुसाललाई म प्रश्न गर्न चाहन्छु । तपाई कृषि मन्त्री भएपश्चात मनलाग्दी नियुक्ति..