छैटौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक,उद्घाटन खेलमा एपिएफ र संकटाबिच प्रतिस्पर्धा

१६ फागुन,बिर्तामोड । यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग..

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा

१६ फागुन । वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ गतेदेखि हुने भएको छ । आयोजक कमिटीका संयोजक सन्जीव तुलाधरले पुरुषमा ७ र महिलामा ६ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । तीन विभागीय टोली (प्रहरी÷आर्मी÷एपीएफ) र सातै प्रदेशबाट करिब १ सय ५० खेलाडीको सहभागिता रहने..

गोल मेसिन ‘साम्बा’को नयाँ कृतिमान, दक्षिण एसियामा सर्वाधिक गोल गर्ने खेलाडी

१६ फागुन । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी‘साम्बा’ दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन्। वाफ महिला च्यायम्पियनसिप अन्तरगत ९ गोल गरेपछि साम्बाले भारतीय बालादेवीको नाममा रहेको ५२ गोलको रेकर्ड तोडेकी हुन् । गएराति वाफ महिला च्याम्पियनसिप अन्तर्गत भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै सावित्राले रेकर्ड बनाएकी हुन् । सावित्रीले ४६ खेलबाट ५३ गोल गर्दै बालादेवीको रेकर्ड तोडेको हुन् । भारतीय बाला देवीले ६४ खेलमा..

गरिब विपन्नको खल्तीमा पैसा नहुँदा पनि उपचार गर्न पाउनुपर्छः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत

१५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुनसक्ने बताएका छन् । मन्त्रालयमास्वास्थ्य सेवा दिवस, २०८० को अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा उल्लेख भएरअनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको सुनिश्चित हुनुपर्ने बताए । मन्त्री बस्नेतले गरिब तथा विपन्न वर्गले पैसाको अभावमा उपचार गर्नबाट वञ्चित हुन नपर्ने बताए । उनले भने,..

त्रिकोणात्मक टी–२० आई सिरिजः पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित

१५ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी..

झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु

१५ फागुन, झापा । झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । ती दुर्घटनामा परी ४२ जना पुरुष, छ महिला र एक बालिकाको मृत्यु भएको छ । साउनमा पाँच,..

सिंहदरबार र संघीय संसद भवन अगाडिको फुटपाथमा हिँड्न निषेध

१५ फागुन, काठमाडौं । प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो । सिंहदरबारको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । त्यहाँ फुटपाथ प्रयोग गर्न रोक लगाइएको छ । त्यस्तै संघीय संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा पनि डोरी टाँगिएको..

जान निकोलको विश्व किर्तिमानि शतकमा नामिबियाद्वारा नोपाललाई बलियो लक्ष्य

१५ फागुन, काठमाडौँ । जान निकोलले विश्व किर्तिमानि पारि खेलेपछि आजबाट सुरु भएको टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २०७ रनको बलियो लक्ष्य दिएको छ। टियू मैदानमा टस जितेर ब्याटिंग गरेको नामिबियाले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा रन २०६ रन बनायो। नामिबियाका लागि चौथो नम्बरमा क्रिजमा आएका जान निकोलले ३३ बलमा शानदार शतक बनाए। यो संगै निकोल सबैभन्दा छिटो शतक बनाउने खेलाडी बनेका छन्। यसअघि यो किर्तिमान..

क्यानले पुरुष र महिला खेलाडीलाई कसरी विभेद गर्न सक्छ ?–डा बाबुराम भट्टराई

१५ फागुन, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाल क्रिकेट संघले पारिश्रमिकको विषयमा महिला र पुरुषबीच भेदभाव गरेको आरोाप लगाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो आरोप लगाएका हुन् । “ समान कामकोलागि समान ज्याला” आधुनिक लोकतन्त्रको आधारभूत सिद्धान्त र मान्यता हो नेपालको संविधानको भाग–३ मौलिक हक र कर्तव्य अन्तरगत धारा १८ समानताको हक को उपधारा (४०) मा प्रष्ट लेखिएको छ “ समान कामकालागि लैंगिक आधारमा..

सशस्त्र प्रहरी बलद्वरा विभिन्न स्थानमा सञ्चालित नेपाल एपीएफ स्कुलहरूका लागि शिक्षक माग

१५ फागुन, कीर्तिपुर । सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा कार्यक्रम अन्तर्गत देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका विद्यालयहरूका लागि नेपाल एपीएफ स्कुलले शिक्षक माग गरेको छ । आधारभूत तथा माध्यमिक तहका लागि विभिन्न विषयका २१ जना शिक्षक माग भएको हो । ती विज्ञापनहरूमा ३० दिन भित्र आवेदन पेश गर्न सकिने बताइएको छ। जसअनुसार प्रधानाध्यापक, अंग्रेजी, गणित, कम्प्युटर, नेपाली, विज्ञान र सामाजिक शिक्षा शिक्षण शिक्षक माग गरिएको नेपाल एपीएफ स्कुलले जनाएको..