विशेष

माझी राष्ट्रिय गीतको लोकार्पण
१९ फागुन, काठमाडौँ । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो । सो राट्रिय गितलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी..

दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु
१९ फागुन, काठमाडौं । दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गरे । फागुन २७ गतेसम्म हुने मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेका छन् । नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताए । ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति..

झापामा रहेका समस्याहरुको सबै पालिका मिलेर समाधानमा लाग्ने प्रतिबद्धता
१९ फागुन, बिर्तामोड । झापा जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले साझा समस्याहरु समाधानमा चासो व्यक्त गरेका छन् । शुक्रवार बिर्तामोडमा आयोजित मेयर, अध्यक्षहरुको परामर्श बैठकमा सबै पालिकामा रहेको साझा समस्याहरुको पहिचान गरेर समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ । स्थानीय तहमा रहेको फोहोरमैला व्यवस्थापन, लागुऔषध समस्या, अखाद्य वस्तुको नियन्त्रण, जंगली हात्तीको आतंक साझा समस्याका रुपमा रहेको परामर्श बैठकमा उठान भएको थियो । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले साझा..

जितका लागि नेपाललाई १२१ रनको लक्ष्य
१९ फागुन, काठमाडौं । त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत समूह चरणको अनितम खेलमा नेदरल्यान्ड्सले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन बनायो। नेदरल्यान्ड्सका लागि म्याक्स ओडावडले सर्वाधिक ३१ रन बनाए। उनले २४ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे। उनलाई ८.५ ओभरमा प्रतिस जिसीले आउट गराए। कप्तान स्कट एडवार्डले २१ बलमा एक..

प्रचण्ड सरकारले प्राथमिकता दिएकै कारण नेपाली खेलकुदले राम्रो नतिजा ल्याएको हो– वर्षमान पुन
१९ फागुन, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्रको पछिल्लो पन्ध्र वर्षको समयावधिमा देशमा स्वास्थ्य, शिक्षा, खेलकुद, भौतिक पूर्वाधार निर्माण लगायत सबै क्षेत्रमा तीव्र विकास भएको बताएका छन् । शनिबार काठमाडौँमा प्रथम शहीद स्मृति बागमती प्रदेश रनिङ शिल्ड प्रतियोगिताको खेलाडी सम्मान तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रममा उपमहासचिव पुनले देशमा गणतन्त्र आएपछि तुलनात्मक रूपमा शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधारलगायतका क्षेत्रमा तीव्र विकास भएको चर्चा गरे । ‘हामीले ३० वर्षको पञ्चायत..

सोमबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको जिज्ञासाको जवाफ दिने
१९ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विपक्षी दलका सांसदलगायत सांसदहरुले समसामयिक विषयमा उठाएका जिज्ञासाको आगामी सोमबारको बैठकमा जवाफ दिने भएका छन् । कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसकेका भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई शुक्रबार एक पत्र पठाउँदै आगामी सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले जवाफ दिने बताएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले सङ्घीय संसद्का महासचिवलाई पठाएको पत्रमा शुक्रबार सम्माननीय प्रधानमन्त्री पुष्पकमल..

मेचीनगरमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, सशस्त्र प्रहरीद्वारा खुकुरी प्रहार
१९ फागुन, झापा । झापाको मेचीनगरमा सशस्त्र प्रहरी र सामान ओेसारपसार गर्ने स्थानीयबीच शुक्रबार साँझ झडप भएको छ । झडपको क्रममा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट केही स्थानीय घाइते भएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ । नेपाल–भारत सीमा पिलर ९०–२–९०–३ नजिकै रहेको मेचीनगर नगरपालिका ७ स्थित गैरीगाउँमा तस्करीको सामान बरामद गर्ने क्रममा दुवै पक्षबीच झडप भएको थियो । सोही क्रममा घटनास्थल पुगेका प्रस्तावित सिमा सुरक्षा गुल्म,..

शिवसताक्षीमा १३ औं नगरसभा सम्पन्न, उत्कृष्ट पाँच कर्मचारी सम्मानित
१९ फागुन, शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले हिउँदै अधिवेशन तथा १३ औं नगरसभा सम्पन्न गरेको छ । नगरसभाबाट नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बजेट, योजना संशोधन, परिमार्जन, रकमान्तर गर्नका लागि पेश गरेको योजना तथा कार्यक्रमहरु नगर सभाले सर्वसम्मत पारित गरेको छ । नगरसभामा नगरपालिकाले २०८०र०८१ का लागि कुल विनियोजित बजेट ८९ करोड, ७ लाख ५५ हजार मध्ये चालु खर्च तर्फ ५८ करोड, ८१ लाख, ६८ हजार खर्च भएको नगरसभामा जानकारी गराइएको..

झापा गोल्डकप आजदेखिः उद्घाटन खेलमा संकटा र एपीएफबीच प्रतिस्पर्धा हुँदै
१९ फागुन, बिर्तामोड । छैटौं झापा गोल्डकप आजदेखि बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुदैछ । गोल्डकपको पहिलो दिन संकटा र एपीएफबीच खेल हुनेछ । गोल्डकपको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने तालिका छ । गत वर्ष भद्रपुरमा आयोजना भएको थियो । ०७८ पछि हुन लागेको झापा गोल्डको भव्य तयारी गरिएको छ । रंगशालालाई आवश्यक संरचना निर्माण देखि सौन्दर्यकरणमा पनि आयोजकले विशेष ख्याल गरेको छ । गोल्डकपको आयोजनासँगै बिर्तामोड क्षेत्रको..

इटहरीमा विद्युतीय शवदाह गृह निर्माण गरिने
१७ फागुन, सुनसरी । इटहरीमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ । बुढी खोला किनार बुढीजमुना मुक्तिघाटमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको हो । शवदाह गृह निर्माणका लागि इटहरी उपमहानगरपालिका र कोशी प्रदेश सरकारले लगानी गर्नेछन् । तीन करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको शवदाह गृहको निर्माण चालू आर्थिक वर्षभित्रै निर्माण सक्ने तयारी छ । दाउरा विपन्नलाई खरिद गर्न महङ्गो पर्ने र अन्त्येष्टिका लागि समय पनि धेरै..