समाचार
पन्चकन्या आ.वि.को ब्यवस्थापन समिती अध्यक्षमा नरेन्द्र श्रेष्ठ सर्बसम्मत
२ असार, इलाम । चुलाचुली गाउपालिका २ मा रहेको पन्चकन्या आधारभुत बिद्यालय ब्यवस्थापन समितीको अध्यक्षमा नरेन्द्र श्रेष्ठ सर्बसम्मत निर्वाचित भएका छन आज बसेको विद्यालय ब्यवस्थापन समिति बैठकबाट अभिभावकहरू मध्येबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा श्रेष्ठ मनोनित भएका हुन । श्रेष्ठ युवा अभियान्ताको रुपमा डेढ दशकबाट सकृय छन ।
चिया निर्यातमा भारतीय अवरोध तत्काल हटाउन सुहाङको माग
काठमाडौं । इलाम २ का सांसद सुहाङ नेम्वाङले नेपाली चिया निर्यातमा भारतको अवरोध तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । नेपाली चिया क्षेत्रमा उत्पन्न संकटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले उच्चस्तरीय कूटनीतिक पहलका लागि सरकारलाई आग्रह गरे । इलामको सूर्योदय नगरपालिका क्षेत्रका ५३ चिया उद्योगले भोलिदेखि कारखाना बन्द गर्ने निर्णयप्रति उनले चिन्ता जनाएका छन् । उद्योग बन्दको निर्णयले किसानको सम्पूर्ण जीवनचक्र नै संकटमा पारेको भन्दै सुहाङले आफ्नो वक्तव्यमा लेखेका..
गृहमा ४८ दिन पछी सुदनको कमब्याक
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का नवनियुक्त गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ वरीयता दिइएको छ । शाहले मंगलबार हेरफेर गरेको मन्त्रिपरिषद्मा गुरुङ पाँचौँ वरीयतामा छन् । त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ वरीयतामा छन् । उनीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । गुरुङ यसअघि बालेन क्याबिनेटमा नै थिए । पुन भने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्रीको जिम्मेवारीमा थिए ।
बेलासे पुलको भत्किएको खण्डमा बेलिबृज बन्ने, निर्माण सामाग्री आईपुग्यो
२६ जेठ, इलाम । इलाम र माई नगरपालिका जोड्ने बेलासेको माईखोला पुलको भत्किएको खण्ड जोड्ने बेलिबृजको सामान आइपुगेको छ । इलाम २ का सांसद सुहाङ नेम्बाङको विशेष पहलमा नेपाल सरकारबाट भन्सार भई निर्माण सामाग्री भारत सरकारको अनुदानमा कोल्कताबाट निर्माण स्थल आईपुगेको हो । यस केचना कंन्चनजंगा सडक इलाम-झापा जोड्ने सबैभन्दा छोटोदुरीको फास्ट्रयाक हो । पहिलो चरणमा बेलासेको पुलको काम सक्ने र दोस्रो चरणमा पुवा खोला बेलिबृजको निर्माण प्रकृया सुरु हुने..
जेन्जी आन्दोलनमा दमकको वडा कार्यलय जलाउने भुटानी शरणार्थी कारागार चलान
२५ जेठ, झापा । झापाको दमक नगरपालिका–३ को वडा कार्यालयमा तोडफोड, आगजनी तथा सरकारी सम्पत्ति नष्ट गरेको गम्भीर आरोपमा पक्राउ परेका रबिन गुरुङलाई जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अदालतको यो आदेशसँगै भुटानी शरणार्थी शिविरका बासिन्दा गुरुङलाई अनुसन्धान र कानुनी प्रक्रियाका लागि भद्रपुर कारागार चलान गरिएको छ। गत वैशाख ९ गते बिहान वडा कार्यालयमा प्रवेश गरी उनले ७० हजार मूल्यको कम्प्युटर र २० हजार बराबरको स्टिल..
एकैदिनमा सुन तोलामा ५ हजार ५०० रुपैयाँले घट्यो
१४ जेठ, काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलाको ५ हजार ८० रुपैयाँमा..
हिरासतमा सुत्नै नसकेको शेखर गोल्छाको गुनासो
११ बैशाख, काठमाडौ । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेको पहिलो रात निदाउन नसकेको गुनासो गरेका छन्। शुक्रबार बिहानै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गराइएको छ । बिहीबार साँझ प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)को टोलीद्वारा पक्राउ गरिएका गोल्छालाई लाजिम्पाटस्थित सिआईबीकै हिरासतमा राखिएको थियो । स्वास्थ्यमा कुनै जटिलता रहेकोबारे प्रहरीले सोध्दा उनले केही भनेनन् । तर, रातभरि सुतेनन् । प्रहरीले हिरासतमा राखिएका व्यक्तिको..
एमाले प्रमुख सचेतकमा महर, सचेतकमा घतानी
बैशाख ११, काठमाण्डौ । नेकपा एमालेले प्रमुख सचेतकमा बझाङका ऐन महर र सचेतकमा झापाकी निता घतानीलाई चयन गरेको छ । एमालेका कार्यवाहक अध्यक्ष तथा संसदिय दलका नेता रामबहादुर थापा बादलले उनिहरुलाई सो जिम्मेवारी दिएका हुन । सांसद महर बझाङबाट प्रत्यक्ष निर्वाचित सांसद हुन । उनी अनेरास्ववियुको अध्यक्ष हुँदै ११ औ महाधिवेशनबाट एमालेको केन्द्रिय सदस्य निर्वाचित बनेका थिए । त्यस्तै सांसद घतानी समानुपातिक तर्फबाट संसद बनेकी हुन । उनी झापाबाट विद्यार्थी..
चुलाचुलीको चेतावनी: अनधिकृत सञ्चार माध्यम र भ्रामक समाचारमाथि कडा कारबाही हुने
१० वैशाख, इलाम । चुलाचुली गाउँपालिकाले अनधिकृत सञ्चार माध्यम सञ्चालन तथा भ्रामक समाचार सम्प्रेषणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गाउँ कार्यपालिकाको कार्यालयले २०८३ साल बैशाख १० गते जारी गरेको सूचनामा पछिल्लो समय गाउँपालिकाको नाम र लोगो प्रयोग गरी विभिन्न फेसबुक पेज, युट्युब च्यानल, अनलाइन पोर्टल तथा पत्रपत्रिकाहरू सञ्चालन भइरहेको पाइएको उल्लेख गरेको छ। सूचनाअनुसार यस्ता कतिपय सञ्चार माध्यमहरू सम्बन्धित निकायमा दर्ता नै नगरी सञ्चालन भइरहेको र ती माध्यमबाट आधिकारिक पुष्टि..
काकरभिट्टा नाका बन्द
७ बैशाख, झापा । भारतको पश्चिम बंगालमा हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गर्दै झापासँग जोडिएका नेपाल–भारत सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार भारतको दार्जिलिङ जिल्लामा आगामी २३ अप्रिल २०२६ मा मतदान हुने भएकाले सीमा क्षेत्रमा कडाइ गरिएको हो। सूचनाअनुसार २० अप्रिल साँझ ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म झापासँग जोडिएका सबै सीमा नाकाबाट मानिस र सवारी साधनको आवतजावत रोक लगाइनेछ। यस अवधिमा नेपालबाट..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७