कैलालीमा साढे १८ लाख बढीको अवैध सामान बरामद

१७ फागुन, धनगढी । कैलालीमा सशस्त्र प्रहरीले १० दिनको अवधिमा साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरीको नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले बुधबार मात्र करिब आठ लाखको अवैध सामानसहित चार जना महिलालाई समेत नियन्त्रणमा लिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा लुगाकपडा तथा विभिन्न इलेक्ट्रोनिक सामान..

झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकालाई

१७ फागुन, शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले चुमेको छ । विर्तामोड नगरपालिकालाई ३– १ गोल अन्तरले हराउँदै कमल गाउँपालिकाले उपाधि चुमेको हो । खेलको पहिलो हाफमा कमल गाउँपालिकाका जर्सी नं. ९ का बाबुराम हस्ताले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा विर्तामोडका जर्सी नं. ७ का खेलाडी चुनु सोरेनले गोल गर्न सफल भए । त्यस्तै दोस्रो हाफमा कमलको बाबुरामले क्रमशः..

मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने

१७ फागुन, काठमाण्डौँ । मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन्। सरकारसँगको तीन पटकको वार्ताबाट कुनै निष्कर्षमा नपुगेपछि पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेका हुन्। यद्यपि आन्दोलनको बिच सरकारसँगको वार्तालाई भने निरन्तरता दिने उनीहरूको भनाई छ। विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडितहरूसँग सरकारले वार्ता गर्दै आएको छ । तर, वार्ता कुनै निष्कर्षमा पुग्न सकेको छैन। सरकारसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि वार्तासँगै आन्दोलनलाई समेत सशक्त..

एफए कपः लिभरपुल, युनाइटेड र चेल्सी क्वार्टरफाइनलमा

१७ फागुन । साउथह्याम्पटनविरुद्ध ३–० को सहज जित निकाल्दै लिभरपुलले एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । बुधबार राति एन्फिल्डमा लिभरपुललाई जित दिलाउन जयडे डान्सले दुई र लेविस कोउमासले एक गोल गरे । खेलको ४४औँ मिनेटमा कोउमासले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ७३औँ र ८८औँ मिनेटमा डान्सले गोल गरेपछि लिभरपुलले ३–० को जितसहित क्वार्टरफाइनलमा स्थान निश्चित गरेको हो । लिभरपुलले अब सेमिफाइनल प्रवेशका निम्ति म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ ।..

वाफ वुमेन्स च्याम्पियनसिपः उपाधिका लागि आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदै

१७ फागुन । साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ। आजको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा हुनेछ। पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप खेलिरहेको नेपाल जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। जोर्डन पाँच पटकको विजेता रहेको छ । समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गर्दै..

‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

१६ फागुन, सिन्धुपाल्चोक । प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक प्रहरीले वाइबालाई बाह्रबिसेबाट पक्राउ गरेको हो । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनी पक्राउ परेकी हुन् । काठमाडौं प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेकी वाइबालाई काठमाडौं पठाउने तयारी सिन्धुपाल्चोक प्रहरीले गरेको छ । म्याकुरी र उनकी श्रीमतीबीचको विवादमा वाइबाले श्रीमतीलाई उचालेर कुटपिट गरेको उजुरी प्रहरीमा परेको थियो ।

जसपाका असन्तुुष्ट नेताहरुलाई फकाउदैँ राजेन्द्र महतो

१६ फागुन, काठमाण्डौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल छाडेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका राजेन्द्र महतोले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालका नेताहरू पनि सहभागी भएका छन् । आफ्नो छेउमा जसपाका नेताहरू राखेको तस्बिर उनले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् । तस्बिरमा उनले जसपाका केन्द्रीय सदस्यहरू रामबच्चन यादव, ओमप्रकाश यादव र ओमप्रकाश यादव, रामनरेश राय यादवलाई आफ्नो साथमा राखेका छन् । जसपा..

महिला कर्मचारीले लगाइन् बालेन शाहलाई टर्चर दिएकोे आरोप, कानुनी उपचार खोज्ने घोषणा

१६ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एक महिला कर्मचारीलाई विनाकारण टर्चर दिनुका साथै जिम्मेवारीविहीन बनाएको भन्दै कानुनी उपचार खोज्ने घोषणा गरेकी छन् । महानगरपालिकामा कार्यरत आठौँ तहकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले मेयर शाहको प्रशासनले विनाकारण जिम्मेवारीविहीन बनाएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको भन्दै कानुनी र पेसागत लडाई लड्ने घोषणा गरेकी हुन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत घिमिरेले आफू क्यान्सर सर्भाइभर रहेको र लोकसेवा पास गरेको..

राष्ट्रियसभाको अध्यक्ष पद नछाड्ने माओवादीको निर्णय

१६ फागुन, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष पद नछाड्ने निर्णय लिएपछि नेपाली कांग्रेस झस्किएको छ । अध्यक्षमा कांग्रेसका कृष्णप्रसाद सिटौलाको नाममा सहमति बनेको चर्चा छ । तर, अध्यक्ष छाड्न नहुने भन्दै बैठकमा नेताहरुले चर्काे दबाब बढाएपछि प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै सहमति नभएको प्रष्टीकरण दिए । बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रियसभाको अध्यक्षको अडान छाड्नुहुन्न भन्ने सबै नेताहरुले प्रचण्डलाई भनेको र नेताहरुको दबाबपछि उनले सहमति..

बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित

१६ फागुन, झापा । बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित भएका छन् । लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिएका न्यौपाने २२२५ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र ब्यवसायकि प्यानलका तर्फबाट अध्यक्षमा उम्मेद्वार अर्जुनकुमार मैनालीले १५२० मत प्राप्त गरेका थिए । बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु) १८२६ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी सञ्जीव घिमिरे १७८१ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा..