विशेष

भत्त्कियो सत्ता गठबन्धन, एमालेसहितको नयाँ सरकार बन्दै
२१ फागुन, काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने निश्चित भएपछि नयाँ समीकरण निर्माणका लागि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेता सहभागी छन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने..

प्रधानमन्त्री ‘प्रचण्ड’, ओली र लामिछानेबीच छलफल जारी
२१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेबीच छलफल जारी छ । अहिले बालुवाटरमा छलफल भइरहेको छ । छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री एंव माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, माओवादीका उपमहासचिव वर्षमान पुन सहभागी छन् । वर्तमान सत्ता गठबन्धन परिवर्तन गरी एमाले, माओवादी, रास्वपा, जसपासहितको नयाँ गठबन्धन..

आजबाट क्वार्टरफाइनलका खेल सुरु हुँदै, एपिएफ एफसी र बागमति क्लबबीच प्रतिस्पर्धा
२१ फागुन, बिर्तामोड । छैटौँ झापा गोल्ड कपमा आज पहिलो क्वार्टर फाइनल खेल हुँदैछ । सशस्त्र प्रहरीको एपिएफ एफसी र सर्लाहीको बागमती युवा क्लबबीच आज दिँउसो २ बजेपछि बिर्तामोडको डोमालाल रंगशालामा हुँदैछ । बिजेता टालीले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपमा झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको..

नयाँ सरकार बनाउने तयारीमा प्रधानमन्त्री
२१ फागुन, काठमाडौं । वर्तमान सत्ता समीकरणमा फेरवदल आउने निर्णय भएपछि नयाँ समीकरणसहितको सरकार बनाउने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । एमाले नेता सुरेन्द्र पाण्डेको दाबी अनुसार आजै सानो आकारको मन्त्रिपरिषद् बन्ने छ । एमाले, माओवादी, रास्वपा, जसपा मिलेर नयाँ सरकार बन्ने भनिए पनि अझै पुराना मन्त्रीको राजीनामा मागिएकै छैन । कांग्रेसबाट मन्त्री बनेका महिला बालबालिका तथा ज्येष्ठ..

सरकारमा सहभागी हुने तयारीमा उपेन्द्र यादव
२१ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुने तयारीमा छन् । नयाँ समीकरणअनुसार गठन हुने सरकारमा उनी सहभागी हुन लागेका हुन् । नयाँ समीकरणअनुसार बनाइने सरकारमा जसपाले तीन मन्त्रालयमा दाबी गरेको सो पार्टीका एक सांसदले जानकारी दिए । नयाँ गठबन्धन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न अहिले जसपा कार्यकारिणी समितिको बैठक जारी छ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको एक नेताले जानकारी दिए । वर्तमान..

पुनरागमनका साथ ‘म्यानचेस्टर डर्बी’मा म्यानचेस्टर सिटीको जित
२१ फागुन । फिल फोडेनको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले ‘म्यानचेस्टर डर्बी’मा म्यानचेस्टर युनाइटेडविरुद्ध ३–१ को पुनरागमन जित निकालेको छ । आइतबार घरेलु मैदान इत्तिहाद रंगशालामा सिटी पहिलो हाफमा १–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा फोडेन चम्कँदा सिटीले पुनरागमन जितसहित शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी घटाएको हो । ब्नलष् न्चयगउ खेलको आठौँ मिनेटमा मार्कुस रासफोर्डले गरेको गोलबाट युनाइटेडले अग्रता बनाएको थियो । ५६औँ मिनेटमा फोडेनले घरेलु टिमका..

चर्च ब्वाइज युनाइटेड छैटौँ झापा गोल्ड कपको क्वार्टरफाइनलमा
२१ फागुन, बिर्तामोड । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । पुलिस भने यसअघिका ५ वटै संस्करणमा पहिलो चरणमै घर फर्किएको थियो ।..

हरिपुर्वा न.पा.मा हाकिम सरुवा प्रकरण- मेयर साहको चरम चलखेल
२० फागुन, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा नाटकिय ढंगले भइरहेको हाकिम सरुवा प्रकरणमा मेयर विनोद कुमार साहले चरम चलखेल गर्दै आएको कुरा खुलासा भएको छ । प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवको सरुवामा मेयर साह आफ्नो पदको चरम दुरुपयोग गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गराउँदै आएका छन् । नगर प्रमुख साहले २०८० साल पुस २६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिदिनका लागि मिति २०८०..

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक
२० फागुन, काठमाडौं । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता..

सँगै रक्सी खाएर साथीकी श्रीमतीलाई ‘प्राङ्क कल,’ दुर्व्यवहार गरेको भन्दै हत्या
२० फागुन, भक्तपुर । प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सिपाडोलमा मृत भेटिएका गोपाल ढकालको हत्या आरोपी सार्वजनिक गरेको छ । तेह्रथुम छथर गाउँपालिका –२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित कोठाबाट तेल किन्न निस्किएका ढकालको हत्या भएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले ढकालको हत्यामा संलग्न भएको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका ६ का सन्तोष सुवाल काभ्रेको सिपाघाटबाट पक्राउ परेका हुन् । उनी पेशाले मोटरसाइकल मिस्त्री मेकानिक हुन् ।..