इन्डोनेसियाको ईबू ज्वालामुखी फेरि विस्फोट

२६ जेठ । इन्डोनेसियाको हलमाहेरा टापुमा रहेको ईबू ज्वालामुखी फेरि विस्फोट भएको छ । ज्वालामुखीबाट निस्किएको खरानी एक हजार मिटरसम्म उचाइमा पुगेको थियो । विस्फोट दुई मिनेटभन्दा बढी समयसम्म भएको थियो । विष्फोटले बाक्लो, खैरो खरानी र कालो बादल उत्तरपश्चिममा उत्सर्जन गरेको छ । एक हप्ताभित्र ज्वालामुखीको पाँचौं विष्फोट हो । प्यासिफिक रिङ अफ फायरमा अवस्थित इन्डोनेसियामा विश्वका धेरै ज्वालामुखीहरू छन् ।

एमालेको ६३ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन सम्पन्न

२६ जेठ । सत्तारुढ नेकपा (एमाले) को हालसम्म ६३ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन भएका छन् । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले अधिवेशन नभएको बताए । तेह्रथुममा आन्तरिक विवाद भई संगठन विभागले अध्ययन गरिरहेको उनको भनाइ छ । मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी उनले दिए..

प्रतिवन्धित लागुऔषधसहित दमकबाट एकजना महिला पक्राउ

२६ जेठ । प्रतिवन्धित लागुऔषधसहित दमकबाट एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–४ बस्ने ४८ वर्षीया गायत्रा गौतम रहेकी छन् । उनलाई लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार गौतमको शरीर तथा घरकोठाहरु खानतलासी लिँदा उनले बट्टाभित्र लुकाई राखेको प्रतिबन्धित लागुऔषध खैरोहिरोइन ९..

बाह्रदशी जेसीजद्धारा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकत्व ग्रहण

२६ जेठ । बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई बाह्रदशी जेसीजले अभिभावकत्व ग्रहण गरेको छ । जेसीजको दिगो विकास कार्यक्रम अन्तरगत विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी जेसीजले यस वर्ष १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको हो । योसँगै विद्यार्थीलाई विद्यालय पोशाकसहित आवश्यक पर्ने स्टेसनरी सामग्री, जुत्तामोजा समेत प्रदान गरेको छ । विद्यार्थीलाई वर्षभरि पुग्ने कपी, पेन्सिल,डटपेन सहितका शैक्षिक सामग्रीसँगै स्कूल ब्याग समेत प्रदान गरिएको छ । बाह्रदशी..

रुससँग आणविक युद्ध भएमा अमेरिकाले आफ्ना साझेदारहरुलाई जोगाउँदैन्- पुटिन

२६ जेठ । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आणविक युद्ध भइहालेमा अमेरिकाले आफ्ना साझेदारहरुलाई नजोगाउने बताएका छन् । पुटिनले यस्तो अवस्थामा अमेरिका किनार लाग्ने समेत बताएका छन् । शुक्रबार सेन्ट पिटर्सबर्ग अन्तराष्ट्रिय आर्थिक मन्चको कार्यक्रममा पुगेर पुटिनले यस्तो बताएका हुन् । नेटो देशहरुले रुसलाई आणविक युद्धसम्म लगेमा त्यस्तो अवस्थामा अमेरिकाले उनीहरुले उद्दार नगर्ने पुटिनले बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार पुटिनले अमेरिका तथा रुसको आणविक हतियार बारेमा चाँडै जानकारी..

ट्वान्टी-२० विश्वकप- श्रीलंकामाथि बंगलादेशको रोमाञ्चक जित

२६ जेठ । बंगलादेशले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। शनिबार बिहान सम्पन्न समूह डी को खेलमा बंगलादेशले श्रीलंकामाथि दुई विकेटको रोमाञ्चक जित हासिल गरेको हो। जितसँगै बंगलादेशले पहिलो खेलबाट दुई अंक जोडेको छ। श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग २२ रनले पराजित भएको थियो। श्रीलंकाले दिएको १२५ रको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। १२ बलमा बंगलादेशलाई जितका लागि..

सिरोहियाको आरोपबारे गृहमन्त्रीको टिप्पणी- त्यति भनेपछि प्रमाण पनि ल्याइदिनुहोला

२६ जेठ । कान्तिपुर मिडिया ग्रुपका सीईओ सम्भव सिरोहियाले कान्तिपुरलाई समाचार लुकाउन गृहमन्त्री रवि लामिछानेले असफल प्रयास गरेको दाबी गरे। सिरोहियाको यस्तो दाबीबारे गृहमन्त्री लामिछानेले अनभिज्ञता दर्शाएका छन् । संसदीय समितिबाट फर्किने क्रममा उनलाई यो विषयमा सोधिएको थियो । लामिछानेले आफूले सिरोहियाको भिडिओ हेर्न नपाएको बताए। उनले भने, ‘मैले भिडिओ हेरेको त छैन, अरुबाट सुनेको चाहिँ छु । त्यस्तो भन्ने मान्छेले प्रमाण पनि ल्याइदिनुहोला नि त ।’ सिरोहियाले कान्तिपुरमा सहकारी..

पत्रकार महासंघको चुनाव सर्‍यो

२६ जेठ । नेपाल पत्रकार महासंघको चुनाव सरेको छ। २७औं महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो । मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । उनका अनुसार विवाद समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारिएको हो । असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि नयाँ मिति भने तोकिएको छैन । साथै, निर्वाचन समिति गठन..

राष्ट्रसङ्घीय कमिटीमा नेपालकी बन्दना राणा निर्वाचित

२६ जेठ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन। शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा १४६ मत प्राप्त गर्दै विजयी भइन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् । नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले..

टी–२० विश्वकप- न्युजिल्यान्डमाथि अफगानिस्तानको जित

२६ जेठ । राशिद खान र फजलहक फारुकी चम्किएपछि न्युजिल्यान्ड पहिलो खेलमै अफगानिस्तानसँग पराजित भएको छ। शनिबार सम्पन्न समूह सी को खेलमा अफगानिस्तान ८४ रनले पराजित भएको हो। अफगानिस्तानको यो लागातार दोस्रो जित हो। पहिलो खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको थियो। जितसँगै शीर्ष स्थानमा रहेको अफगानिस्तानले चार अंक जोडेको छ। न्युजिल्यान्डले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ७५ रनमा समेटियो। न्युजिल्यान्डका ग्लेन..