विशेष

विपद् उद्धार अभ्यासका क्रममा सशस्त्रका जवानको मृत्यु
२८ जेठ । बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी जवान केदास्यु गाउँपालिका–७ का २९ वर्षीय नरेन्द्रसिंह धामी छन् । सोमबार बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्मी नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा धामी बेहोस भएका थिए । उपचारका लागि जिल्ला अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेको बझाङका..

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
२८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन आज दिउँसो ३ बजे संसद् बैठक बोलाइएको छ । सर्वाेच्च अदालतको परमादेश अनुसार गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले असार १३ सम्म विश्वासको मत लिइ सक्नुपर्नेछ । उहाँ संविधानको धारा १ सय ६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले बहुमत प्राप्त..

दमकमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय राईको मृत्यु
२८ जेठ । झापाको दमकस्थित दमक–मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति दमक–३ को मावा पुलमा भएको दुर्घटनामा २२ वर्षीय सगुन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राति १०ः५० बजेको समयमा मधुमल्लाबाट दुम्सेतर्फ आउँदै गरेको मे. ५ प ९७३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ १ स्थायी ठेगाना भई दमक ५ मा डेरा गरी बस्ने..

प्रचण्ड र मोदीबीच भेटवार्ता, प्रचण्ड आज स्वदेश फर्कने
२८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो । मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली गएका थिए । आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा उनी सहभागी भएका..

विश्वकप खेल्न सन्दीप वेस्ट इन्डिज प्रस्थान
२८ जेठ । सन्दीप लामिछाने आइसिसी ट्वान्टी - २० विश्वकप खेल्न वेस्ट इन्डिज प्रस्थान गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आइतबार बिहान विज्ञप्ति जारी गर्दै उनी त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन्। उनका अनुसार सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुनेछन्। उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै क्यानले पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको खड्काले जानकारी दिए। उनका अनुसार..

चुलाचुलीमा पालिकास्तरिय आप्रवासी संञ्जाल समिती गठन
२७ जेठ, इलाम । चुलाचुलीका गाउँपालिकामा आज पालिकास्तरिय आप्रवासी संञ्जाल समिती गठन भएको छ । आप्रवासी हकहित संरक्षण केन्द्र जिल्ला समिती इलामको आयोजनामा चुलाचुलीमा भएको एक अभिमुखीकरण कार्यक्रमकाबीच वैदेशिक रोजगारबाट फर्किएका चुलाचुली ५ का तुलवहादुर तामाङको अध्यक्षतामा ११ सदस्य समिती गठन गरिएको हो । कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उनले नेपालमा विदेश जानु पर्ने बाध्यात्मक अवस्था रहेकाले यसलाई व्यवस्थित र शुरक्षित वनाउन..

मधेशमा मन्त्रिपरिषद् विस्तार
२७ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सिंहले आफ्नो पार्टी जनमतबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । सत्ता भागबन्डाका क्रममा वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो । त्यसमा मुख्यमन्त्रीले आज साहलाई मन्त्री नियुक्त गरेका हुन् । साह सिरहाको क्षेत्र..

भारतको प्रमुख विपक्षी पार्टी कांग्रेस संसदीय दलको नेतामा सोनिया गान्धी चयन
२७ जेठ । भारतको प्रमुख विपक्षी पार्टी अल इण्डिया कांग्रेसको संसदीय दलको नेतामा ७७ वर्षीया सोनिया गान्धी चयन भएकी छिन् । शनिबार उनलाई सर्वसम्म संसदीय दलको नेता चयन गरिएको हो । पार्टी सांसदहरूको बैठकमा कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले सोनियालाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव राखेका थिए । जुन सर्वसम्मत पारित भयो । शनिबारै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेता राहुल गान्धीलाई नेता प्रतिपक्षको जिम्मेवारी सम्हालन आग्रह गरिएको थियो ।..

नयाँदिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड
२७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथग्रहण गर्ने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गरेको दिल्लीस्थित विदेश मन्त्रालयले जनाएको छ । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ । शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उनका समकक्षी मोदीबीच..

स्थानिय मिडियालाई संरक्षणको माग गर्दै चुलाचुलीका अध्यक्ष केरुङलाई ज्ञापन पत्र
२७ जेठ, इलाम । चुलाचुली गाउँपालिकामा क्रियशिल रहेको स्थानिय संञ्चार संस्थाले आज पालिका अध्यक्ष राजेन्द्र केरुङलाई ज्ञापन पत्र बुझाएका छन् । स्थानिय मिडियालाई संरक्षणको माग गर्दै उनिहरुले ज्ञापन पत्र बुझाएका हुन् । चुलाचुलीमा दर्ता रहेर कार्यरत रहेका कम्युनिकेशन मिडिया प्रा.लि.का संञ्चालक नितेश राई, आरोह मिडिया प्रा.लि.का सचिव देवेन्द्र पौडेल र चुलाचुली मिडिया प्रा.लि. का प्रतिनिधी सन्तोश गिरी लगायत स्थानिय संञ्चारकर्मीको टोलीले चुलाचुली गाउँपालिका अध्यक्ष केरुङलाई ज्ञापन पत्र बुझाएका हुन ।..