विशेष

गृह मन्त्रालयले पत्र पठाउँदै मिटरब्याज पीडितलाई वार्ताका लागि बोलायो
१४ फागुन, काठमाडौँ । आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज)पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका लागि बोलाएको हो । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएको मन्त्रालयका उपसचिव एकदेव अधिकारीले जानकारी दिनुभयो । वार्ता समितिमा मन्त्रालयका तर्फबाट सहसचिव पण्डितसहित दुईजना उपसचिव रहनुहुने र सङ्घर्ष समितिबाट बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन भनिएको..

भान डाइकले ११८औं मिनेटमा गरेको गोलले लिभरपुलले जित्यो दशौं पटक इएफएलको उपाधि
१४ फागुन । कप्तान भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोलको मद्वतमा लिभरपुलले चेल्सीलाई १–० ले पराजित गर्दै इएफएल कपको उपाधि जितेको छ । आइतबार राति लण्डनस्थित वेम्बली मैदानमा भएको फाइनल खेलमा लिभरपुललाई जिताउन भान डाइकले ११८औं मिनेटमा गोल गरे । त्यसअघि भान डाइकले ६०औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता नदिंदा लिभरपुल अग्रता लिनबाट बन्चित भएको थियो । तर अतिरिक्त समयमको खेल सकिन दुई मिनेट बाँकी छँदा भान डाइकले..

एन्फा साधारण सभा, पदाधिकारीहरु नै मञ्चमा देखिएनन्
१४ फागुन, काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको नियमित साधारण सभा निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको छ । शंखमुलस्थित अनमोल बैंकेटमा बिहान ९ बजे बोलाइएको साधारण सभा १० बजेपछि सुरु भएको हो । उद्घाटन समारोहमा एन्फाकै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उवाध्यक्ष विराजजंग शाही, दीर्घबहादुर केसी लगायत कार्यसमितिका पदाधिकारीहरु मञ्चमा देखिएका छैनन् । उपाध्यक्ष दिपक खतिवडाले स्वागत मन्तव्य राख्दै सबैजना एकजुट भएर अघि बढ्दै फुटबल विकास गर्नुपर्ने बताएका..

सेती नदिमा माछा मार्न गएका एकको शव निकालियो, एकको खोजिकार्य जारी
१४ फागुन, कास्की । पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता एकको शव निकालिएको छ, भने एकको खोजिकार्य जारी छ । माछा मार्न गएका ५ जनामध्ये पोखरा महानगरपालिका– १ कसेरी बस्ने ४० बर्षका मृत मंगा तामाङ्ग ढुङ्गामा अड्किएको अवस्थामा नं. २४ कालिका गण कास्कीबाट गएको गोताखोर र बिपद् उद्धार टिम सहितको फौजले गए राती पौने १ बजे शव निकालेको छ । सोही ठाउँ बस्ने ४३ बर्षका रक्सेस..

डेढ अर्ब लगानीमा झापामा व्यावसायिक भ्यु–टावर निर्माण, ९६ प्रतिशत भौतिक प्रगति
१४ फागुन, दमक । सरकारको डेढ अर्ब लगानीमा झापामा व्यावसायिक भ्यु–टावर निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदीप पौडेलका अनुसार आयोजनामा संरचना निर्माणतर्फ ९६ प्रतिशत भौतिक प्रगति भइसकेको छ । अब फिनिसिङको काम मात्र बाँकी रहेकाले संरचना निर्माणको काम पूरा भएको उनले जानकारी दिए । ‘संरचनातर्फको काम सकियो,’ पौडेलले अनलाइनखबरसँग भने, ‘अब फिनिसिङ गर्दैछौं, यो सकिँदा शतप्रतिशत काम पूरा हुन्छ ।’ सरकारले २०७६ सालमा..

इलाम–२ मा कुन दलको शक्ति कती ? अघिल्लो निर्वाचनको परिणाम हेरौँ
१३ फागुन, इलाम । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को लागि प्रतिनिधि सभा सदस्यको उप निर्वाचन वैशाख १५ गतेलाई तोकेपछि राजनीतिक दलको शक्ति परीक्षण हुने भएको छ । २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण रिक्त रहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनले दलहरूको पछिल्लो लोकप्रियता समेत मापन हुने भएकाले यो उप निर्वाचनको महत्व छ । इलामलाई पहिचानवादीहरूको केन्द्रको रूपमा लिने गरिन्छ । किराँत..

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी माहौल तात्यो
१३ फागुन, विराटनगर । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भित्रभित्रै चुनावी माहौल तातेको छ । जनताको स्तरमा निर्वाचन माहौल नआइसके पनि पार्टीहरूको आन्तरिक, भेला, बैठक र छलफलमा चुनावी माहौल देखिएको त्यहाँका नेताहरुले बताएका छन् । यसैबिच निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार..

माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार पुनः बस्ने गरी सकियो
१३ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार पुनः बस्ने गरी सकिएको छ । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूको कार्यविभाजन र चैत १ गतेबाट सुरु गर्ने अभियानबारे ओरेन्टेसन (अभिमुखीकरण) दिएका छन् । प्रदेश इन्चार्जसहितका नेताहरूको कार्यविभाजन गर्ने माओवादी तयारी छ । त्यस्तै आगामी चैत १ बाट जागरण अभियान सुरु गर्ने घोषणा गरेको छ । ‘प्रदेश इन्चार्ज लगायतका नेताहरूको कार्यविभाजन र चैत १ बाट हुने अभियानलाई..

त्रिकोणात्मक सिरिजमा नेपालको खराब प्रर्दशन जारी, अन्तिम खेलमा पनि ८ विकेटले पराजित
१३ फागुन, काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ । घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो । त्रिवि मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा र्गयो । डच टोलीका लागि विक्रमजित सिंहले ९२ बल..

समृद्ध राष्ट्र निर्माण अहिलेको प्रमुख आवश्यकता हो : कांग्रेस नेता कृष्ण प्रसाद सिटौला
१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले, लोकतन्त्रिक समाजवादमा आधारित समृद्ध राष्ट्र निर्माण अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै नेता सिटौलाले, राज्यका सम्पुर्ण मेकानिजमहरुलाई जनताको हितमा संविधान बमोजिम प्रयोग गरेर समुन्नत राज्य निर्माण गर्न सकिने बताएका हुन् । उनले भने, ‘संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधानको संसदीय शासन प्रणालीमा संघीयता अन्तर्गत सरकार छ । लोकतान्त्रिक..