त्रिकोणात्मक टि २० आई सिरिजः नेपाल २ रनले पराजित

१६ फागुन, काठमाडौँ । दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङको बाबजुद त्रिकोणात्मक टि २० आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपालमाथि २ रनको रोमान्चक जित दर्ता गरेको छ । नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमा सिमित भयो । अन्तिम ३ ओभरमा ४८ रन चाहिएको अवस्थामा १८ औं ओभरमा आर्यन दत्तलाई १८ रन र १९ औं ओभरमा टिम भान डर गुग्टेनलाई..

अर्धशतक बनाउदैँ आउट भए रोहित पौडेल

१६ फागुन, काठमाण्डौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले ३५ बलको सामना गरी दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको यो छैटौँ अर्धशतक हो । उनी अर्धशतक बनाएलगत्तै आउट भए । एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभरको खेल सकिँदासम्म चार विकेट गुमाएर एक सय..

माईजोगमाई गाउँपालिकामा मेलमिलाप सम्बन्धी ८ दिने तालिम सम्पन्न

१६ फागुन, ईलाम । माईजोगमाई गाउँपालिकामा न्यायिक समिति अन्तरगत मेलमिलाप सम्बन्धी ८ दिने तालिम माईजोगमाई गाउँपालिकामा सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिका न्यायिक समितिका संयोजक तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत वडा नं ४ का वडाध्यक्ष डुरन देवान वडा नं ५ का वडाध्यक्ष निर्मलध्वज राई वडा नं ६ का वडाध्यक्ष दिपेश सोङ्मी..

सावित्राले वाफ वुमेन्स च्याम्पिनयसिपको फाइनल नखेल्ने निश्चित

१६ फागुन, काठमाडौँ । साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल नखेल्ने निश्चित भएको छ । नेपालले सेमिफाइनलमा लेबनानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो र बिहीबार हुने उपाधि भिडन्तमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको सामना गर्दैछ । सावित्राले वाफ वुमेन्स च्याम्पिनयसिप फाइनल नखेल्ने तर त्यही खेलका लागि सावित्रा भने उपलब्ध हुने छैनन् । उनी फ्रान्सको अन आभान्टा ग्वेनगाम्पबाट खेल्नका लागि पेरिस जानेछिन् । अखिल..

श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै फोनिजको स्मरणपत्र

१६ फागुन, इलाम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै महासंघ केन्द्रीय समितिलाई सात दिने अल्टिमेटमसहित स्मरणपत्र पत्र बुझाएको छ । मङ्गलबार फोनिज इलामले नेपाल पत्रकार महासंघ इलाम शाखामार्फत केन्द्रीय समितिमा स्मरणपत्र बुझाएको हो । फोनिज इलामका अध्यक्ष राम योङहाङ नेतृत्वको टोलिले महासंघ इलाम शाखा अध्यक्ष विप्लव भट्टराई र सचिव भीम चापागाईंलाई स्मरणपत्र बुझाएका हुन् । फोनिजको..

झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप लगाइने

१६ फागुन, बिर्तामोड । देशब्यापी अभियान अन्तर्गत झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप लगाइने भएको छ । दादुरा रुबेला खोप अभियान सम्बन्धी सञ्चारकर्मीहरुसँग अभूमूखिकरण गोष्ठी आयोजना गर्दै स्वास्थ्य कार्यालय झापाले फागुन १७ देखि खोप अभियान सञ्चालन गर्ने बताएको हो । कार्यालयले बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा मंगलबार झापाका सञ्चारकमीसँग दादुरा रुबेला खोप अभियान अन्तर्गत अभिमूखिकरण गोष्ठी आयोजना गरेको थियो । झापामा यो वर्ष ५ बर्ष..

एमाले मिसन ८४ मा लागेको छ, सरकारको विषय प्राथमिकतामा छैन्–एमाले अध्यक्ष केपी शर्मा ओली

१६ फागुन, विराटनगर । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने बदल्ने खेलमा एमाले नरहेको बताएका छन् । उनले एमाले मिसन ८४ मा लागेको भन्दै सरकारको विषय प्राथमिकतामा नरहेको बताए । उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको बताए । उनले भने ‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन ।’ उनले कांग्रेस महासमिति बैठकबाट संविधान संशोधनको ब्याक फायर गरेको बताए..

कोसी गाउँपालिका–१ राष्ट्रिय मा.वि.का पूर्व प्रधानाध्यापक धनीलाललाई भ्रष्टाचार मुद्दा

१६ फागुन, सुनसरी । सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चार जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ। प्रधानाध्यापक यादवविरुद्ध रु ६४ हजार नौ सय भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए। खुला कोटाअन्तर्गत न्यूरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५-०७६ देखि तीन वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएका शिक्षक बालेश्वर..

गण्डकी प्रदेशकाे हिउँदे अधिवेशन आजदेखि

१६ फागुन । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ। गत असोज १२ गते अधिवेशन अन्त भएको थियो । करिब ६ महिनापछि मन्त्रीपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज २ बजेका लागि अधिवेशन डाक्न आह्वान गरेका हुन्। अधिवेशनको पहिलो दिन संसद्मा प्रतिनिधित्व गर्ने चार वटै दलका संसदीय दल नेताहरूले सम्बोधन गर्नेछन् भने २ वटा विधेयक संसदीय समितिबाट संशोधन सहित संसद्मा पेस हुनेछ। यस्तै, एउटा विधेयक सरकारले संसद्मा..

माओवादीेको कार्यविभाजनमा असहमति जनाउँदै उपमहासचिव जनार्दन शर्माले राखे फरक मत

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा पेश भएको कार्यविभाजन लगायतमा असहमति जनाउँदै फरक मत राखेका छन् । विधान अधिवेशनमा आफूले पदाधिकारीको निर्वाचनबारे वकालत गरेकाले कार्य विभाजनमा नसमेटेको भन्दै शर्माले बैठकमा फरक मत राखेका हुन् । फागुनको पहिलो साता भएको विधानको ह्याङओभरलाई लिएर कार्यविभाजप्रति असन्तुष्टि जनाउँदै बैठकमा असहमति राखेको बताए । अधिवेशनमा अध्यक्षसहित सबै पदाधिकारी पनि निर्वाचित भएर आउनुपर्ने प्रस्ताव राखेका थिए । त्यस्तै..