घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता l

महेन्द्रनगर (कञ्चनपुर) — कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो । राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको..

सहसचिवको घरमा चोरी गर्ने समूहमा एमाले जिल्ला कमिटीका पूर्वसदस्य !

काठमाडौं । गत जेठ २ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एकजना सहसचिवको घरमा चोरी भयो । ललितपुर भैँसेपाटी बस्दै आएका सहसचिवले घरबाट सुनका गरगहना तथा नगद गरी २८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको उजुरी प्रहरी दिएका थिए । चोरीको उजुरीपछि ललितपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी तीब्र पार्‍यो । उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले चोरीमा संलग्न रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर..

भुटानमा तेस्रो सन्तान जन्माउने आमालाई तीन वर्षसम्म रकम दिइने l

थिम्पु । भुटानले जनसंख्या कम हुँदै गएपछि तेस्रो र त्यसपछिका सन्तान पाउने आमालाई बच्चा तीन वर्षको हुन्जेल सम्म १० हजार न्यूल्ट्रम हरेक महिना रकम दिने तयारी गरेको छ । सो कार्यक्रमलाई ‘चाइल्ड क्यास इन्सेन्टिभ प्रोग्राम’ नाम दिइएको छ । भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले सो सम्बन्धी कार्यक्रम यसैवर्ष ल्याइने जनाएका छन् । न्यून प्रजनन दर र मानिसहरु विदेश गइरहेका कारण जनसंख्या कम भएकोले त्यसको सुधारको लागि नयाँ कार्यक्रम ल्याउन लागिएको जनाइएको..

स्वर्णिमलाई राजेन्द्र बजगाईँको प्रश्न- देउवाले दिएको नियुक्ति खाएर कांग्रेसलाई नैतिकता सिकाउने ?

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले रास्वपा सांसद स्वर्णिम वाग्लेले शेरबहादुर देउवा र कांग्रेससँग नैतिकताको प्रश्न उठाउने हैसियत नराख्ने दाबी गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईँले देउवाले दिएको नियुक्ति खाएर पहिचान बनाएका वाग्लेसँग नैतिकताको प्रश्न उठाउने ठाउँ नरहेको बताए । सांसद बजगाईँले भने( एक पटक सीके राउतले बालेन शाहलाई पक्राउ गर्ने कुरा छलफल भयो थियो सरकारमा भन्नुभयो । त्यसमा त्यसमा मेरो पार्टीको सभापतिले आपत्ति..

लुम्बिनीमा बजेट खर्च रोक्का l

सञ्चित कोषमा रकम कम भएको भन्दै लुम्बिनी प्रदेश लेखा नियन्त्रकको कार्यालयले बजेट खर्च रोक्का गरेको छ । लेखा नियन्त्रकको कार्यालयले प्रदेशभरका लेखा इकाइ कार्यालयहरुलाई पत्र लेख्दै रकम निकासा नगर्न भनेको छ । प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले मातहतका इकाइलाई परिपत्र र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई बोधार्थ दिँदै प्रदेश सञ्चित कोषमा रकम न्यून भएकाले आफ्नो स्वीकृति बेगर खर्चको रकम निकासा नगर्न अनुरोध गरेका छन् । यससँगै सरकारी निकायका निर्माणका काम..

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग ९ बुँदे सहमति भएपछि कर्णाली प्रदेशसभाको अवरोध हटेको छ ।

१७ असार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग ९ बुँदे सहमति भएपछि कर्णाली प्रदेशसभाको अवरोध हटेको छ । सभामुख नन्दा गुरुङको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकमा आगामी आर्थिक वर्षमा १५ लाख रुपैयाँ भन्दा कम रकम विनियोजन भएका योजना कार्यान्वयन नगर्ने सहमति भएपछि कांग्रेस प्रदेशसभाको अवरोध खोल्न तयार भएको हो । कृषि, सशर्त अनुदान, क्रमागत र मर्मततर्फ बाहेक अन्य निर्माणको हकमा १५ लाख र भवन तथा सडक निर्माणमा ३० लाख भन्दा मुनिका..

सत्ता ‘उथलपुथल’ को कसरत विभिन्न दल सम्मिलित वर्तमान गठबन्धनको विकल्प खोज्न कांग्रेस र एमालेको शीर्ष नेतृत्व शृंखलाबद्ध बैठकमा

17  असार , संसद्का दुई ठूला दल कांग्रेस र एमाले सरकार परिवर्तनदेखि संविधान संशोधनसम्मका मुद्दामा सहमति खोज्ने कसरतमा लागेका छन् । स–साना दलहरू मिलाएर सरकार चलाउँदा अस्थिरता बढेको र जनमानसमा प्रणालीप्रति वितृष्णा बढेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली शृंखलाबद्ध भेटवार्तामा छन् । दुई नेताको बैठकले वर्तमान सत्ता गठबन्धनका माओवादी र रास्वपालाई दबाबमा पारेको छ ।   सत्ता ‘उथलपुथल’ को कसरत फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर..

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच छलफल l

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो । दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ । शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । देउवा ओलीबिचको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ ।

अत्यधिक फोन चलाउँदा हुने अन्धोपन के हो ?

स्मार्टफोन अत्यधिक प्रयोग गर्दा हुने अस्थायी अन्धोपनलाई सेल फोन अन्धोपन (ऋभिि उजयलभ दष्लिमलभकक) भनेर बुझ्ने गरिन्छ । अर्को भाषामा ‘टेम्पोररी मोनोकुलर भिजुअल इम्पेयरमेन्ट’ पनि भनिन्छ । सामान्यतः रातको समयमा एउटा आँखाले मात्र (जस्तैस् कोल्टे सुतेर अथवा अप्ठ्यारो मुद्रामा बसेर चलाउँदा ) स्मार्टफोन प्रयोग गर्नेलाई यो समस्या हुन सक्छ । किनकि एउटा आँखामा फोनको स्क्रिनबाट निस्कने चम्किलो प्रकाश र अर्कोमा चिम्लेकाले अँध्यारो प्रकाश पर्छ । जब दुवै आँखामा एउटै खालको प्रकाश..

प्रेमी बन्छौ कि शासक ? भन ए पुरुष !

३१ श्रावण, काठमाण्डौँ । विश्वविख्यात चित्रकार, मूर्तिकार, डिजाइनर, कवि अनि नाटककार हुन् पाब्लो पिकासो । बीसौं शताब्दीका सबैभन्दा चर्चित तर विवादास्पद व्यक्तित्व । उनले १४–१५ वर्षको कलिलो उमेरमै उत्कृष्ट चित्र बनाउन थालेका थिए । २५ वर्षको उमेरमा कोरेको कलाकृति ‘एभिगननका महिलाहरू’ पहिलो सुप्रसिद्ध चित्र । उनले सो चित्र एक वर्ष लगाएर बनाएका थिए । सन् १९३७ मा स्पेनी गृहयुद्धको समय जर्मन सेनाले स्पेनमा बम बर्साएपछि त्यसको विरुद्ध ‘गेर्निका’ चित्र तयार..