सेती नदिमा माछा मार्न गएका एकको शव निकालियो, एकको खोजिकार्य जारी

सेती नदिमा माछा मार्न गएका एकको शव निकालियो, एकको खोजिकार्य जारी

१४ फागुन, कास्की । पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता एकको शव निकालिएको छ, भने एकको खोजिकार्य जारी छ ।

माछा मार्न गएका ५ जनामध्ये पोखरा महानगरपालिका– १ कसेरी बस्ने ४०
बर्षका मृत मंगा तामाङ्ग ढुङ्गामा अड्किएको अवस्थामा नं. २४ कालिका गण
कास्कीबाट गएको गोताखोर र बिपद् उद्धार टिम सहितको फौजले गए राती पौने १ बजे शव निकालेको छ ।

सोही ठाउँ बस्ने ४३ बर्षका रक्सेस तामाङ्गको गोताखोर र बिपद् उद्धार
टिमले खोजी कार्य जारी राखेको छ । शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल
स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर